२४ असार २०८३, बुधबार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, दाहाल र आलेको उम्मेदवारी

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, दाहाल र आलेको उम्मेदवारी

काठमाडौं, ४ चैत– राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आइतबार निर्वाचन हुँदैछ । राष्ट्रियसभा उपाध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । 

दुवै महिला उम्मेद्वार रहेका छन्  । उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली काँग्रेसकी वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ । 

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रियसभाको आइतबार बस्ने बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ । 

निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्छिन् ।

राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्