०२ असार २०८३, मंगलबार

तीन अध्यादेश संसद्मा पेस गर्ने तयारी

चैत ४, २०७४
तीन अध्यादेश संसद्मा पेस गर्ने तयारी

काठमाडौँ, ४ चैत - सरकारले मन्त्रिपरिषद् विस्तारसँगै अघिल्लो सरकारले ल्याएका तीन अध्यादेश संसद्मा पेस गर्ने तयारी बढाएको छ । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाका पदाधिकारीको पूर्णता आइतबार हुँदै छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार संसदीय समिति गठनलगत्तै संसद्लाई ‘बिजनेस’ दिन अध्यादेश र विधेयक अघि बढाइनेछ ।
अघिल्लो सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो । राष्ट्रपतिद्वारा जारी अध्यादेश सदन सुरु भएको ६० दिनभित्र संसद्ले अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अनुमोदन नभए अध्यादेश स्वत: निष्क्रिय हुन्छ । संसद्ले अनुमोदन गरेपछि सरकारले अध्यादेश प्रतिस्थापन गर्न सदनमा विधेयक पेस गर्नुपर्छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले संविधानले तोकेको समयावधिभित्रै सरकारले अध्यादेश संसद्मा पेस गरिसक्ने बताए, कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्