०७ असार २०८३, आइतबार

पहिलो दिनै ५१ सरकारी गाडी समातिए

चैत ४, २०७४
पहिलो दिनै ५१ सरकारी गाडी समातिए
सन्दर्भ तस्वीर

काठमाडौं, ४ चैत–ट्राफिक प्रहरीले शनिबार काठमाडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको हो ।

गृहमन्त्री रामबहादुर थापाले सरकारी सवारीसाधन दुरुपयोग गरेको भेटिए ठाउँको ठाउँ कब्जामा लिन शुक्रबार ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि शनिबारबाटै कारबाही अघि बढेको हो ।

शनिबार २० चारपांग्रे गाडी र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो ।

बिदाका दिन पनि सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग हुने गरेको सूचना प्राप्त भएपछि गृहमन्त्री थापाले शुक्रबार साँझ महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनाललाई त्यस्ता सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।, नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्