
सप्तरी, ४ चैत- विष्णुपुर गाउँपालिका–७ का २२ वर्षीय अनिलकुमार साहले जनप्रतिनिधिबाट कुटिएको दाबी गरेका छन्।
न्याय खोज्दै जाँदा आफ्नै गाँउपालिका अध्यक्ष लीलाम्बर यादवले आफूलाई कुटेको साहको आरोप छ। कुटपिटबाट घाइते भएको भनिएका अनिलको छाति, कम्मर, पिठ्यूँ र पेटमा गम्भीर चोट लागेको छ।
उनको हाल राजविरास्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। साहका काका लोचनले गाँउपालिकामा चारीका घटना बढेको र चोरीमा अध्यक्षकै भतिजा सचिनकुमारयादवको संलग्नता रहेको कुरा बताउन गएका बेला लीलाम्बर कुटपीटमा परेको दाबी गरे। अन्नपूर्ण पोस्टमा खबर छापिएको छ |