१५ असार २०८३, सोमबार

कम उमेरमा गर्भवती भएकै कारण किशोरीहरु विद्यालय छाड्न बाध्य

चैत ४, २०७४
कम उमेरमा गर्भवती भएकै कारण किशोरीहरु विद्यालय छाड्न बाध्य
सन्दर्भ तस्वीर

काठमाडौं, ४ चैत–नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैका लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । २० वर्षभन्दा कम उमेरमा विवाह गरे कानुनतः दण्डनीय हुनेछ । 

तर, कानुनलाई सम्बन्धित निकायले परिपालना नगरेका कारण नेपालमा त्यसको ठीक उल्टो छ । नेपालमा १७ प्रतिशत किशोरीले १५ वर्षको उमेरमै बच्चा जन्माउने गरेका छन् ।

चिकित्सकका अनुसार यो संख्या धेरै हो । काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख महेन्द्र श्रेष्ठका अनुसार पछिल्लो केही वर्षयता कम उमेरमा बच्चा जन्माउनेको संख्यामा वृद्धि भएको छ । ‘उमेरअनुसार हर्मोनमा आउने आमूल परिवर्तनसँगै किशोरीले शारीरिक सम्बन्धमा बढी जोड दिँदा कम उमेरमा बच्चा जन्माउन बाध्य भएका छन्,’ उनले भने ।

१५ वर्षभित्रै पहिलो सन्तान
चिकित्सकले कम उमेरमा बच्चा जन्माउने र गर्भपतन गर्ने परिपाटीले भविष्यमा गम्भीर संकट ल्याउने चेतावनी दिएका छन् । परिवार स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. नरेशप्रताप केसीले १७ प्रतिशत किशोरी १५ वर्षको उमेरमा गर्भवती हुनु देशकै लागि दुःखको विषय भएको बताए ।

‘उनीहरूमा शारीरिकदेखि मानसिक विकास भएको हँुदैन,’ केसीले भने’, ‘यस्तो अवस्थामा बच्चा जन्माउँदा आमा र बच्चा दुवैलाई असर गर्दछ । यसलाई रोक्न राज्यले युवायुवतीलक्षित हेल्थ पोस्ट सञ्चालनमा ल्याउनु अनिवार्य छ ।’

जनसांख्यिक स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा १५ देखि १९ वर्षका १७ प्रतिशत किशोरी आमा भइसकेका छन् । उनीहरूले १५ वर्ष्भित्रमा पहिलो सन्तान जन्माइसकेका छन् । केसीले किशोरीहरूले विद्यालय छाड्नुको प्रमुख कारण पनि कलिलै उमेरमा गर्भवती भएको स्पष्ट पारे ।

चिकित्सकका अनुसार किशोर अवस्थामा विवाह गर्दा पाठेघरमा समस्या देखिन्छ भने बच्चा पूर्ण रूपमा विकसित नभएको हुन सक्छ ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्