०१ साउन २०८३, शुक्रबार

आईसीसीले नेपाललाई दियो सी ग्रेड

आईसीसीले नेपाललाई दियो सी ग्रेड

काठमाडौं, ४ चैत– इतिहासकै सवैभन्दा ठूलो उपलव्धि हासिल गरेको नेपाली टोलीको विश्वकप छनोट खेलको प्रदर्शनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सी ग्रेड दिएको छ । 

विश्वकप छनोटमा आठौं स्थानमा समेटिएको नेपालको सम्पूर्ण खेलको अवस्था बारे अध्ययन गरेपछि आईसीसीले आफ्नो रिपोर्ट कार्डमा नेपाललाई सी ग्रेड दिएको छ । 

समूह चरणका तीन खेलमा नेपाल पराजित भएको थियो भने एक खेलमा मात्र नेपाल विजयी भएको थियो । 

नेपाल समूह चरणअन्तर्गत जिम्वावेसँग ११६ रन, स्कटल्याण्डसँग ४ विकेट र अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो भने हंङकङलाई ५ विकेटले पराजित गरेको थियो ।
 
प्लेअफमा पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको नेपालले सातौं र आठौं स्थानका लागि भएको प्लेअफमा नेदरल्याण्डसँग ४५ रनले पराजित भयो । 

धेरै खेलमा पराजय व्यहोरेको भए पनि नाटकीय ढंगमा नेपाल एक दिवसीय मान्यता पाउन सफल भएको आईसीसीको रिपोर्टमा उल्लेख गरिएको छ । त्यस्तै आईसीले हङकङ र पपुवा न्यूगिनी डी ग्रेडमा परेका छन् भने नेदरल्याण्ड्स र नेपाल सी ग्रेडमा परहेका छन् । 

आइसीसीले बलिङमा सन्दीप र व्याटिङमा कप्तान पारस खड्काले मात्र नेपालको उल्लेख प्रदर्शन गरिएको उल्लेख गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्