२५ असार २०८३, बिहीबार

कतिन्जेल धाउने राजधानी ?

कात्तिक २०, २०७४
कतिन्जेल धाउने राजधानी ?
काठमाडौँ, १९ माघ -सरकारले विभिन्न प्रकारका गम्भीर रोगका बिरामीलाई दिने गरेको आर्थिक सहुलियत पाउन राजधानी नै धाउनुपर्ने बाध्यता देखिएको छ, आजको कान्तिपुर दैनिकमा खबर छ ।Hospital
सरकारद्वारा सूचीकृत अस्पतालमार्फत सरकारी सहयोगको उपचार पाउने व्यवस्था छ । धेरैजसो रोगको उपचार राजधानीका अस्पतालबाट मात्रै हुने भएकाले टाढाका बिरामीहरू रोग पहिचान गरेर अस्पतालसम्म आइपुग्दा सरकारले दिने सहुलियतभन्दा बढी खर्च भइसक्ने गरेको छ ।

सरकारले २०६८ देखि आठ थरीका रोग मृगौला, जुनसुकै क्यान्सर, टाउकाको चोटपटक, मेरुदण्डको चोटपटक, पार्किन्सन, अल्जाइमर, सिक्कलसेल एनिमिया र मुटुरोगका लागि उपचार सहयोग दिँदै आएको छ ।
यसमा मृगौलाबाहेक अन्य सबै रोगका लागि सरकारले अधिकतम एक लाख रुपैयाँसम्म उपचार सहयोग उपलब्ध गराउने गरेको छ । मृगौलामा भने प्रत्यारोपण नगराउँदासम्म सातामा दुई पटक वा चिकित्सकको सिफारिसमा तीन पटकसम्मको डायलासिस शुल्क सरकारले बेहोर्छ ।
मृगौला एक पटक डायलासिस गर्दा २५ सय रुपैयाँ लाग्छ । मृगौला प्रत्यारोपण गराउनसमेत सरकारले दुई लाख रुपैयाँ आर्थिक सहयोग र प्रत्यारोपणपछि खानुपर्ने औषधिका लागि एक लाख दिने गरेको छ । पछिल्लो दुई महिनामा सरकारले सहुलियत दिने रोगमा कलेजो उपचार, थालासेमिया, एप्लास्टिक एनिमिया, मस्तिष्कघात र बोनम्यारो ट्रान्सप्लान्ट थपिएका छन् ।

यी सबैमा अधिकतम एक लाखसम्म सहुलियत उपचार हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्