३१ असार २०८३, बुधबार

न्युजील्यान्डविरुद्ध इंग्ल्यान्डको लज्जास्पद प्रदर्शन, जम्मा ५८ रनमा अलआउट

न्युजील्यान्डविरुद्ध इंग्ल्यान्डको लज्जास्पद प्रदर्शन, जम्मा ५८ रनमा अलआउट

काठमाडौं, ८ चैत — न्युजील्यान्ड भ्रमणमा रहेको इंग्ल्यान्डले पहिलो टेस्टको पहिलो दिन बिहीवार अत्यन्तै लज्जास्पद प्रदर्शन गरेको छ । 

अकल्यान्डमा भइरहेको टेस्टमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्ड जम्मा ५८ रनमा अलआउट भयो । पूरै टोली २०.४ ओभरमा पेभिलियन फर्केको थियो । टेस्ट म्याचको इतिहासमा यो इंग्ल्यान्डको छैठौं सबैभन्दा कम स्कोर हो । 

जम्मा दुई ब्याट्स्म्यानले दोहोरो अंकमा रन बनाउन सके । पुछारका क्रेग ओभरटोनले नटआउट ३३ रन बनाए भने ओपनर मार्क स्टोनम्यानले ११ रन बनाए । इंग्ल्यान्डका पाँच ब्याट्स्म्यान शून्यमै आउट भए ।

इंग्ल्यान्डको ब्याटिङ लाइनअपलाई ट्रेन्ट बोउल्ट र टिम साउदीले ध्वस्त पारे । बोउल्टले ३२ रन दिएर ६ रन बनाए भने साउदीले २५ रन दिएर बाँकी चार विकेट लिए । 

जवाफमा न्युजील्यान्डले दिनको खेल सकिँदासम्म तीन विकेटको क्षतिमा १७५ रन बनाइसकेको छ । कप्तान केन विलियम्सन ९१ रन बनाएर नटआउट छन् भने हेनरी निकोल्सले २४ रन बनाएर उनलाई साथ दिइरहेका छन् । अन्य
ब्याट्स्म्यान टम लाथमले २६ रन बनाए भने रस टेलर २० रनमा आउट भए ।

पहिलो इनिङमा न्युजील्यान्डले ११७ रनको अग्रता लिइसकेको छ भने उसका सात विकेट बाँकी नै छन् ।

salt training

कमेन्ट गर्नुहोस्