०३ असार २०८३, बुधबार

ईयुको प्रतिवेदनमाथि प्रेस काउन्सिलको आपत्ति

ईयुको प्रतिवेदनमाथि प्रेस काउन्सिलको आपत्ति

काठमाडौं, ८ चैत– हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पर्यवेक्षणको नाममा युरोपियन युनियनद्वार जारी प्रतिवेदनका कतिपय विषयमा प्रेस काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

प्रेस काउन्सिलले आफ्नो गठन विधि, कार्यक्षेत्र, भूमिका र प्रभावक्षेत्रको वस्तुगत विश्लेषण र तथ्यपरक जानकारी नै नराखी एकदमै सतहीरुपमा गरिएको ईयुको प्रतिवेदनमा गरिएको टिप्पणीप्रति खेद व्यक्त गरेको छ । 

काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै युरोपियन युनियनको प्रतिवेदनमा व्यक्तिको न्यायिक र नैसर्गिक अधिकारलाई सामान्यरुपमा समेत ख्याल नगरि अतिरञ्जित हिसाबले टिप्पणी गरिएको जनाएको छ । काउन्सिलकै सन्दर्भका कतिपय गलत , भ्रामक  र आधारहीन किटानी गरिएको भन्दै उसले आपत्ति जनाएको हो । 

ईयुको रिपोर्टमा सर्वोच्च अदालतको आदेशपछि काम गर्न नपाएका उपाध्यक्ष भवानी बराललाई माओवादी केन्द्र निकट भनिएको छ भने कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नेकपा एमालेका प्रतिनिधि भन्दै किटान गरिएको छ । 
इयुले प्रेस काउन्सिल नेपाल आफ्नो जिम्मेवारी वहन गर्न कमजोर देखिएको भन्दै प्रतिवेदनमा टिप्पणी गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्