२९ असार २०८३, सोमबार

१२ वर्षीया बालिका जबर्जस्ती गरेको अभियोगमा प्रहरी फन्दामा

१२ वर्षीया बालिका जबर्जस्ती गरेको अभियोगमा प्रहरी फन्दामा

ताप्लेजुङ, ९ चैत - एउटै घरमा डेरा गरि बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 

स्थानीय फुङलिङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएका राईले सोही घरमै डेरा बस्ने १२ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर जबर्जस्ती गरी गर्भवती बनाएको उजुरी परेपछि निजलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्