१५ असार २०८३, सोमबार

भारतीय रुपैयाँको माग अत्यन्तै न्यून

चैत ९, २०७४
भारतीय रुपैयाँको माग अत्यन्तै न्यून

काठमाडौं, ९ चैत– नेपालमा भारतीय रुपैयाँ (भारु)को माग स्वात्तै घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष भारुको माग ५० प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकले जनाएको छ । 

माग कम हुँदा यतिवेला राष्ट्र बैंकका भारु राख्ने सबै ढुकुटीहरू भरिभराउ छन् । तर, भारुको माग भने अत्यन्तै न्यून आउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक झलक शर्मा आचार्यले जानकारी दिए । 

‘अघिल्लो वर्ष यतिवेला राष्ट्र बैंकमा भारु साट्नेको लाइन हुन्थ्यो, भारु पाउन थुप्रै अनुरोध र भनसुनहरू आउँथे,’ उनले भने, ‘तर, यस वर्ष भारुको माग अपत्यारिलो तरिकाले घटेको छ ।’ हाल दैनिक बढीमा २ करोड भारु सटही भइरहेको छ । 

यो अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले कमी हो । गत वर्ष यही सिजनमा भारुको दैनिक माग ४ करोडभन्दा बढी रहेको थियो । ‘राष्ट्र बैंकको सातैवटा प्रादेशिक कार्यालय र थापाथली शाखामा पर्याप्त भारु छन्, हामी नियमअनुसार जति पनि भारु उपलब्ध गराउन सक्छौँ,’ उनले भने, ‘तर, माग भने पहिलाजस्तो आएको छैन ।’, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्