०८ असार २०८३, सोमबार

यी बालकले एक मिनेटमा बजाए १०८० ताली (भिडियो)

यी बालकले एक मिनेटमा बजाए १०८० ताली (भिडियो)

काठमाडौं, ९ चैत — अमेरिकाका नौ वर्षीय एक बालकले एक मिनेटमा १०८० ताली बजाएर गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका छन् । 

फ्लोरिडामा बस्ने सेवन वेडले एक मिनेटमा १०८० चोटि ताली बजाएका हुन् । यसअघि यो कीर्तिमान एली बिशपको नाममा थियो । उनले एक मिनेटमा १०२० चोटि ताली बजाएका थिए । 

रमाइलो कुरा त सेवनले गिनिज बूकको यूट्यूब च्यानलमा भएको एलीको भिडियो हेरेर एक मिनेटमा अधिकतम ताली बजाउन सिकेका थिए । अन्ततः उनले नै एलीको रेकर्ड तोडिदिए । 

सेवनका पिताले सञ्चारकर्मीहरूलाई बताए, ‘सेवनले भिडियो हेरेपछि रेकर्ड तोड्ने जिद्दी गरेका थिए । उनी यसको दिनहुँ अभ्यास गर्थे । आधिकारिक रूपमा यो कीर्तिमान तोड्नका लागि बेस्सरी अभ्यास गर्नुपर्छ भनी हामीले उसलाई बताएका थियौं ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्