०१ असार २०८३, सोमबार

प्रियंकालाई पछि पार्दै दीपिकाले जितिन् इन्स्टा अवार्ड

प्रियंकालाई पछि पार्दै दीपिकाले जितिन् इन्स्टा अवार्ड

काठमाडौं, ९ चैत — बलिउड अभिनेत्री दीपिका पादुकोणले प्रियंका चोपडालाई सामाजिक सञ्जालमा पछि पारेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्रामले भारतका लागि अवार्डको घोषणा गर्दा दीपिकाको नाम आएको हो । 

यो अवार्ड इन्स्टाग्राम अकाउन्टमा फलोअरहरूको संख्या र पोस्टमा पाइने कमेन्ट र लाइकका आधारमा इन्स्टाग्रामले अवार्ड दिन्छन् । दीपिकालाई इन्स्टाग्राममा दुई करोड ४० लाखजनाले फलो गर्छन् । 

इन्स्टाग्राममा सर्वाधिक फलो गरिने बलिउड अभिनेत्री दीपिका नै हुन् । 

उनीपछि प्रियंका चोपडाका फलोअर धेरै छन् । उनलाई लगभग दुई करोडले फलो गर्छन् । 

पुरुषतर्फ भने भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली पहिलो नम्बरमा छन् । उनलाई एक करोड ९८ लाखभन्दा बढीले इन्स्टाग्राममा फलो गर्छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्