०३ असार २०८३, बुधबार

नयाँ सम्झौता नभए अमेरिकाले एक चीन नीतिमा पुनर्विचार गर्छ : ट्रम्प

कात्तिक २०, २०७४
नयाँ सम्झौता नभए अमेरिकाले एक चीन नीतिमा पुनर्विचार गर्छ : ट्रम्प
काठमाडौं, २७ मंसिर — चीनसँग नयाँखाले सम्झौता नभए ४० वर्षभन्दा लामो कूटनीतिलाई त्याग्न आफू तयार रहेको डोनाल्ड ट्रम्पले बताएका छन् ।


फक्स न्युजलाई आइतवार बेलुकी अन्तर्वार्ता दिँदै अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित ट्रम्पले एक चीन नीतिलाई सम्मान गरिरहनुपर्ने कुनै कारण नदेखेको बताए । एक चीन नीति अन्तर्गत ताइवान पनि चीनकै एक भाग हो । बेइजिङले कुनै नयाँ सम्झौता नगरे एक चीन नीति त्याग्ने ट्रम्पको आशय थियो ।

चुनावी अभियानका बेला चीनका सामानमा कर लगाउने कुरादेखि लिएर निर्वाचित भएपछि ताइवानलाई फोन गरेसम्म ट्रम्पले चीनलाई चिढ्याइरहेका छन् । यो गफ मात्र हो कि विश्व अर्थतन्त्रमा भूकम्प आउन लागेको संकेत हो ?

‘चीनसँग व्यापार सम्झौता लगायत अन्य विषयमा नयाँ कुरा नआए हामी एक चीन नीतिमा अडिनुपर्दैन,’ ट्रम्पले अन्तर्वार्तामा भने ।

वाशिङटनले सन् १९७२ देखि अपनाएको एक चीन नीति चीन र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको महत्वपूर्ण पाटो हो । त्यतिखेर रिचर्ड निक्सन र माओ त्से तुङले दुई देशबीचको सम्बन्ध पुनःस्थापित गरेका थिए ।

अमेरिका चीन सम्बन्ध केन्द्रका प्रमुख ओर्भिल शेलले ट्रम्पका टिप्पणीहरू अविश्वसनीय रूपमा उत्तेजक भएको बताउँदै उनको चीन नीतिमा विरोधाभास देखिएको बताए ।

ताइवानसँग फोन गर्ने अनि ट्विटरमा चीनविरुद्ध लेख्ने ट्रम्पले चीनका लागि राजदूत चाहिँ चीनसँग राम्रो सम्बन्ध भएका टेरी ब्रानस्टाडलाई बनाएका छन् ।

द गार्डियन

salt training

कमेन्ट गर्नुहोस्