०३ असार २०८३, बुधबार

अजम्बर काङमाङ माओवादी प्रवेश गर्दै

अजम्बर काङमाङ माओवादी प्रवेश गर्दै

काडमाडौं ९ चैत– संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर काङमाङ राई माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । 

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा कार्यक्रम आयोजना गर्दै राईलाई माओवादीले आफ्नो पार्टीमा प्रवेश गराउन लागेको हो । 

संघीय समाजवादी पार्टी खोल्नुअघि काङमाङ एमालेका केन्द्रीय कमिटि सदस्य थिए । 

नेकपा एमालेको युवा संघको अध्यक्ष रहेका उनी अशोक राईसंगै संघीय समाजवादी पार्टी गठनमा सहभागि भएका थिए ।

सो पार्टीपछि फोरमसंग मिलेको थियो । मंसिर २१ गते सम्पन्न प्रदेशसभा चुनावमा उनी एमालेका राजेन्द्र राइसँग पराजित भएका थिए ।  भोजपुरको प्रदेश सभा ‘क’ का उम्मेदवार रहेको काङमाङ एमालेका उम्मेदवार राजेन्द्र राईसँग पराजित भए । यी दुवै कुनै समयका राजनीतिक सहयोद्धा समेत थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्