३० जेठ २०८३, शनिबार

नारायणगढ–मुग्लिङ सडकखण्डमा माइक्रोमाथि ढुंगा खस्यो, चालकको मृत्यु

नारायणगढ–मुग्लिङ सडकखण्डमा माइक्रोमाथि ढुंगा खस्यो, चालकको मृत्यु

चितवन, ९ चैत– नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका ६ मा भीरबाट  माइक्रोबसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको छ । 

काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको उक्त माइक्रो बसमा ढुङ्गा खस्दा चालक दिपक रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

सडक बिस्तारको काम चलिरहेको नारायणगढ मुग्लिङ्ग सडकको माथिको डाडामा डढेलो लागेको र सोही क्रममा ढुंगा खस्न पुगेको बताइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्