२७ जेठ २०८३, बुधबार

अाफ्नै भतिजी 'वलत्कार' गर्नेलाई १५ वर्ष कैद

चैत १०, २०७४
अाफ्नै भतिजी 'वलत्कार' गर्नेलाई १५ वर्ष कैद

जाजरकोट, १० चैत -  आफ्नै दाइकी छोरीलाई बलत्कार गर्ने एकजना अभियुक्तलाई जिल्ला अदालत जाजरकोटले १५ वर्षको कैद सजाय तोकेको छ। भतिजी  सात वर्षीया बालिकालाई नजिकैको जंगलमा लगि बलत्कार गर्ने शिवालय १ स्यापीका २४ वर्षीय पुष्कर पुनलाई अदालतले १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो।

जिल्ला न्यायधिश देवकुमार गिरीको इजलासले उक्त फैसला गरेको हो। दुई वर्षअघि भएको उक्त घटनामा संलग्न पुष्कर घटना लगत्तै फरार छन्। उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। गाउँमै मिलापत्र गरेर घटना गुपचुप पार्न खोजिएपछि पीडित पक्षले मिलापत्र गर्न इन्कार गरेपछि जर्बजस्ती करणीसम्बन्धी मुद्धा दर्ता गरिएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्