१२ असार २०८३, शुक्रबार

महाभियोग लगाउनेबारे संसदको नयाँ नियम

चैत १०, २०७४
महाभियोग लगाउनेबारे संसदको नयाँ नियम

काठमाडौ, १० चैत— संविधान संशोधन तथा संवैधानिक अंगका पदाधिकारीविरुद्ध महाभियोग लगाउनेबारे संसदले नयाँ नियम बनाउने भएको छ । 

प्रतिनिधिसभा नियमावली मस्यौदामा यसअघिको व्यवस्थापिका संसदको भन्दा केही फरक नियम समेटिएको छ । संघीय संविधानअनुसार प्रदेशसभा समेत गठन भइसकेकाले संविधान संशोधनबारे केही नयाँ प्रावधान संघीय संसदले अघि सारेको छ । 

कुनै प्रदेशको सिमाना परिवर्तन गर्नुपरे सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्ने संघीय संसदको नियमावलीमा राखिएको छ । संविधानको अनुसूची ६ मा समावेश प्रदेशका अधिकारसम्बन्धी संशोधन गर्नुपरे पनि प्रदेश सभाको सहमति लिनुपर्ने गरी संघीय संसदको नियम बन्दैछ ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्