
पाँचथर, १० चैत–पाँचथर सदरमुकाम फिदिमदेखि सुभाङतर्फ गइरहेको पिकअप भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बाटोमा हिँडिरहेका दम्पतीलाई शुक्रबार राति भ्यानले ठक्कर दिएको हो । पिकअपको ठक्करबाट हिलिहाङ ५ का ४२ वर्षीय मोहमलाल रणपहेलीको घटनास्थलमै मृत्यु भएको छ । संगै हिँडिरहेकी रणपहेलीकी श्रीमती इन्द्रकला रहणपहेली गम्भीर घाइते भएकी छिन् ।
इन्द्रकलाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापास्थित वि एण्ड सि अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।