२८ जेठ २०८३, बिहीबार

सातै प्रदेशमा अख्तियार कार्यालय स्थापना हुने

चैत १०, २०७४
सातै प्रदेशमा अख्तियार कार्यालय स्थापना हुने

काठमाडौं, १० चैत–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटै प्रदेशमा नयाँ कार्यालय स्थापना गर्ने भएको छ । यसअघिका क्षेत्रीय रूपमा खोलिएका कार्यालयलाई संघीय संरचनाअनुसार सातवटै प्रदेशमा नयाँ कार्यालय खोलिन थालिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी गराए । 

संघीय संरचनाअनुसार आयोगको संरचना पनि विस्तार गर्न प्रदेशस्तरमा नयाँ कार्यालय व्यवस्थापन गर्न थालिएको उनको भनाइ छ । उनका अनुसार प्रदेश १ को इटहरी, २ को बर्दिवास, ३को हेटौँडा, ४ को पोखरा, ५ को बुटवल वा कोहलपुर, कर्णालीको सुर्खेत र प्रदेश नम्बर ७ को महेन्द्रनगर, धनगढी वा दिपायलमध्ये एक ठाउँमा राख्ने तयारी भइरहेको छ ।

ती कार्यालयको संरचना र आवश्यक कर्मचारीका लागि अख्तियारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिरहेको छ । आयोगले ०७० सालमा भ्रष्टाचार ढिलासुस्ती नियन्त्रणका लागि पाँचवटै विकास क्षेत्रमा कार्यालय स्थापना गरेको थियो ।, नयाँ पत्रिकामा खबर छ।
 

salt training

कमेन्ट गर्नुहोस्