०४ असार २०८३, बिहीबार

स्पेनमा क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँचजना पृथकतावादी नेता पक्राउ

चैत १०, २०७४
स्पेनमा क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँचजना पृथकतावादी नेता पक्राउ

काठमाडौं, १० चैत– स्पेनको सर्वोच्च अदालतले क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँचजना क्याटलन पृथकतावादी नेतालाई हिरासतमा लिएको छ । पाँचजना पृथकतावादी नेताहरू सुनुवाइ पूरा नभइ भाग्न सक्ने जोखिम रहेको अदालतले जनाएको छ ।

अन्य आठजनासहित ती नेताहरूमाथि स्वतन्त्रता अभियानमा संलग्न रहेको आरोप लगाइएको छ । स्पेनी सर्वोच्च अदालतको आदेशपछि शुक्रवार राति मध्य बार्सिलोनामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

उनीविरूद्धको युरोपेली पक्राउ आदेशलाई फेरि सक्रिय तुल्याइएको छ भने स्वघोषित निर्वासनमा रहेका पाँचजनाविरूद्ध पक्राउ आदेश जारी गरिएको छ । क्याटलन संसद्का सभामुखले पक्राउ गरिएका नेताहरूको समर्थनमा संसद्को बैठकमा वक्तव्य पढिने बताएका छन् ।

अदालतको आदेशले क्याटलन पृथकतावादीहरूबाट आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको छ र हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । आरोपितमध्येका एक नेता तथा बर्खास्त गरिएका पूर्व क्याटलन सरकार प्रमुख कारलस पुज्डमोनले स्पेनलाई लोकतन्त्रविरोधी र युरोपका लागि लज्जाको विषय भनेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्