२२ जेठ २०८३, शुक्रबार

‘रूसका लागि इयूका राजदूतलाई फिर्ता बोलाइने’

‘रूसका लागि इयूका राजदूतलाई फिर्ता बोलाइने’

ब्रसेल्स, १० चैत-  स्नायुप्रणालीमा असर पुर्याउने गरी भएको एउटा आक्रमणलाई लिएर बेलायत र रसियाबीच रहेको चरमविवादले युरोपेली संघ (ईयु)मा पनि प्रवेश पाएको छ । 

ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकपछि इयूले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम चालिएको छ । विवादमा बेलायतप्रति ऐक्यवद्धता जनाउ उक्त प्रक्रियालाई अघि बढाउन लागिएको इयूका अधिकारीले बताए । 

इयूले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम लिएको छ । विवादमा बेलायतप्रति ऐक्यवद्धता जनाउन उक्त प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ ।” 

इयूको बैठकमा रुसी पूर्वगुप्तचर सर्गेइ स्क्रिपाल र उहाँकी छोरी युलियामाथि विषालु पदार्थ प्रयोग गरी भएको आक्रमणमा मस्कोको संलग्नताको सम्भावना अत्यधिक रहेको निष्कर्ष निकालिएकोे जनाइएको छ । 

उक्त काण्डका कारण विरामी दुवैजनाको अवस्था गम्भीर छ र उनीहरूको उपचार चलिरहेको छ । 

यसपहिले बेलायतले २३ रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेको थियो भने प्रतिक्रियास्वरुप रुसले पनि त्यति नै सङ्ख्यामा बेलायती कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्