
काठमाडौं, १० चैत-नेपाली सेनाको सिपाही पदको लिखित परीक्षाका क्रममा नक्कली परीक्षार्थी भेटिएका छन्। परीक्षार्थीले नक्कली परीक्षार्थी खडा गराएको पाइएपछि १२ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मनिषा विष्ट, सम्झना मगर, जानकी माझी, गोपाल ढकाल, प्रकाश भण्डारी, समिप रोकाय, लोचन वाग्ने, रोहित भण्डारी, सुदीप कार्की, गौतम राना, कविता श्रेष्ठ र दिवस कार्की रहेका छन् ।
उनीहरु रत्नराज्य स्कुल नयाँ वानेश्वर र सिआईटी कलेज तिनकुनेबाट पक्राउ परेका हुन् ।