
मिस्टर परफेक्शनिस्टको उपनाम पाएका आमिर खान बलिउडमा सवैभन्दा धेरै फिस लिने अभिनेता हुन् ।
तर आजभोलि कलाकारहरुले फिल्मबाट हुने फाइदाबाट नै आफ्नो फिस असुल्ने गरेका छन् ।
अब आमिर खान पनि आफ्नो आगामी फिल्मसँग यस्तै गर्दै छन् । फिल्म ठग्स अफ हिन्दुस्तानका लागि आमिरको फिस थाहा पाउनुभयो भने तपाई हैरान हुनुहुने छ ।
समाचरहरुका अनुसार आमिर खान आफ्नो फिल्म ठग्स अफ हिन्दुस्तानका लागि फाइदाको ७० प्रतिशत हिस्सा लिने वाला छन् । र, बाँकी रहेको ३० प्रतिशत प्रोड्युसर आदित्य चोपडाले लिने छन् ।
ठग्स अफ हिन्दुस्तानको शुटिङ सकिनै लागेको र केही महिनामा फिल्म रिलिजको तयारी छ र
यो सवैलाई अचम्ममा पार्ने खालको तथ्य वाहिर आएको छ । किनकी कोही पनि प्रोड्युसर आफ्नो फिल्ममा यतिधेरै शेयर दिनका लागि राजि हुने गरेका छैनन् ।
शाहरुख खान, अक्षय कुमार तथा सलमान सवै आफ्नो फिल्मबाट भएको फाइदाको हिस्सा लिन्छन् तर कसैले पनि आजसम्म ५० प्रतिशत भन्दा धेरै लिएका खबरहरु आएका छैनन् ।
यस्तोमा यदी आमिरको हिट फिल्म दंगलको कुरा गर्ने हो भने फिल्मले चीनमा १ हजार करोडको कमाइ गरेको छ । यस हिसावमा आमिरको भागमा ७ सय करोड र प्रोड्युसरको भागमा ३ सय करोड परेको छ ।
उसो त आमिरका हरेक जसो फिल्मले बक्स अफिसमा दमदार प्रदर्शन गर्ने गरेका छन् । दंगलले १७ सय करोड कमाइ गरेको छ भने ठग्स अफ हिन्दुस्तानले पनि रेकर्ड ब्रेक कमाइ गर्ने अनुमान भारतीय फिल्म उद्योगहरुमा गरिएको छ ।