०९ असार २०८३, मंगलबार

कांग्रेस बैठकमा जब देउवाले प्रकाशमानलाई हकारे

चैत ११, २०७४
कांग्रेस बैठकमा जब देउवाले प्रकाशमानलाई हकारे

काठमाडौँ, ११ चैत- मर्यादाक्रममा गोपालमान  श्रेष्ठलाई अगाडि राखिएको व्यहोरा मर्यादाक्रम मिलाउन बनेको ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको समितिले सुनाउन नभ्याउँदै कांग्रेस बैठकमा लफडा सुरु भयो । प्रकाशमान  सिंहबाहेक रामशरण महत, बलबहादुर केसीसहितका नेताले मर्यादाक्रममा आफूहरूको पनि असन्तुष्टि रहेको, तर एकजनाको मात्रै टुंग्याएको भन्दै आपत्ति जनाए ।

‘प्रकाशमानले आपत्ति जनाएपछि उनको समर्थनमा बलबहादुर उठे, अनि महेन्द्र यादव पनि उफ्रिन थाले,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले  भने । नेता यादव सुशील कोइराला सभापति हुँदा पनि मर्यादाक्रममा समस्या हुँदा आफूहरू चुप लागेको भन्दै बैठकमा उफ्रिएका थिए । ‘हामी पहिले पनि सन्तुष्ट थिएनौँ । चन्द्र भण्डारीभन्दा ममाथि भए पनि तल राखिएको थियो,’ यादवको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले सभापतिले त्रुटी सच्चाउनुभयो त के बिगार्नुभयो ?’

लगत्तै सिंह जंगिए, ‘बढी कुरा गर्ने, थर्काउने, एउटाको मात्र कुरा गर्ने ?’ प्रकाशमान उठेपछि सभापति देउवा आसनबाट उठेर ‘बढी कराउने ?’ भन्दै चुप लाग्न भने । सदस्यहरू आक्रोशित भएपछि बाँकीको क्रम पनि मिलाउने आश्वासन सभापतिले दिएका छन्, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्