३० जेठ २०८३, शनिबार

विपन्नको सुविधामा टाठाबाठा, लक्षित वर्ग टाढै

चैत ११, २०७४
विपन्नको सुविधामा टाठाबाठा, लक्षित वर्ग टाढै

विराटनगर, ११ चैत— सरकारले अति विपन्न एवं असहायको स्वास्थ्योपचारमा तोकेको छुट सुविधा पहुँचवाला वा टाठाबाठाले उपभोग गरिरहेको पाइएको छ । कोसी अञ्चल अस्पतालस्थित सामाजिक सेवा एकाइको कार्यालयबाट यस्तो सुविधा पाउनेमा लक्षित वर्गका सेवाग्राही मुस्किलले १ प्रतिशत मात्र छन् । 

अरू सबै राजनीतिक, सरकारी र सामाजिक रूपमा पहुँच भएकाहरू नै छन् । सरकारले असहाय, अति गरिब, निमुखा, टुहुरा, लैंगिक हिंसाबाट पीडित र ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचारमा सहुलियत व्यवस्था गरेको छ । अपांग, ज्येष्ठ नागरिक र एकल महिलाको हकमा सरकारले जारी गरेको परिचयपत्र र विपन्नलाई स्थानीय निकायको सिफारिसका आधारमा सुविधा दिने नियम छ । 

तर, यी प्रावधानभन्दा भनसुनकै आधारमा सेवासुविधा वितरण भइरहेको छ । राजनीतिक र प्रशासनिक तहमा पहुँच भएकाहरूले कुनै कागजातै पेस नगरी उपचारमा छुट लिइरहेको अस्पतालका कर्मचारी बताउँछन् । ‘विभिन्न दलका नेता, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, चिकित्सक र वरिष्ठ अधिकारीबाटै सिफारिस आएपछि छुट दिनैपर्छ,’ एक कर्मचारीले भने, ‘पाउनुपर्नेलाई यसबारे थाहै छैन, नपाउनुपर्नेले लिइरहेका हुन्छन् ।’, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्