०९ असार २०८३, मंगलबार

बन्दूक नियन्त्रण गर्न माग गर्दै लाखौं अमेरिकीद्वारा प्रदर्शन

चैत ११, २०७४
बन्दूक नियन्त्रण गर्न माग गर्दै लाखौं अमेरिकीद्वारा प्रदर्शन

काठमाडौं, ११ चैत– बन्दूकमाथि पूर्ण नियन्त्रणको माग गर्दै लाखौं अमेरिकी नागरिकले प्रदर्शन गरेका छन् । विद्यार्थीहरुको अगुवाईमा अमेरिकाभर प्रदर्शन भएको हो । 

सबैभन्दा ठूलो प्रदर्शन राजधानी वासिंगटन डिसीमा भएको छ भने देशको आठ सयभन्दा बढी स्थानमा यस्ता प्रदर्शन गरिएका छन् । विद्यार्थीहरुको अगुवाईमा भएको प्रदर्शनमा समाजका विभिन्न क्षेत्रले समर्थन गरेका छन् ।

‘मार्च फर आवर लाइभ्स्’ लेखेका ब्यानरसहित प्रदर्शनकारी सडकमा उत्रेका हुन् । वासिंगटनमा भएको कार्यक्रममा मात्रै पाँच लाख प्रदर्शनकारी सामेल भएको दावी गरिएको छ । कार्यक्रममा चर्चित कलाकारहरुले आफ्नो प्रस्तुतिसमेत दिएका छन् ।

अमेरिकामा बन्दूकमाथि नियन्त्रण गरिनुपर्ने मागको समर्थनमा अमेरिका बाहिरको लण्डन, जेनेभा, टोकियो, सिड्नी, एडिनबरा जस्ता ठूला शहरमा पनि प्रदर्शन गरिएको छ ।
पछिल्लो पटक फ्लोरिडामा भएको गोलीकाण्डमा १७ जना तथा गत वर्ष लास भेगसमा भएको अर्को गोलीकाण्डमा ५८ जनाको हत्या गरिएको थियो । एक सर्भेक्षणले करीब ४० प्रतिशत अमेरिकीको साथ बन्दूक रहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्