०१ असार २०८३, सोमबार

अरुण तेस्रो जलविद्युत् परियोजनका कर्मचारीको डुबेर मृत्यु

चैत ११, २०७४
अरुण तेस्रो जलविद्युत् परियोजनका कर्मचारीको डुबेर मृत्यु

संखुवासभा, ११ चैत- अरुण तेस्रो जलविद्युत् परियोजना संखुवासभामा सिनियर मेनेजरका रुपमा काम गर्दै आएका एक कर्मचारीको खोलामा डुबेर मृत्यु भएको छ । 

भारतको हिमाञ्चल प्रदेश किन्नर जिल्ला घर भई हाल अरुण तेस्रो जलविद्युत्मा कार्यरत ३५ वर्षको गौरव मेघी गुरुङको साथीसँग खाँदबारी नगरपालिका–९ स्थित सभाखोलाको आइतबारे दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो । 

प्रहरी टोली तथा स्थानीयवासीले उद्धार गरी उपचारका क्रममा मनकामना अस्पताल तुम्लिङटार पठाइएको गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्