दमक, ११ चैत– मोरङगको पथरी र उर्लाबारीको राजमार्गमा बम भेटिएको छ । पथरीमा राखिएको बम नेपाली सेनाको सुर्यदल गणले बिहान डिस्पोज गरेको छ ।
पथरीको ट्राफिक प्रहरी कार्यालयको छेउमा राजमार्गमा राखिएको बम सुतली बम भएको डिस्पोज टोलीले जनाएको छ । बम कार्टुनभित्र राखिएको अवस्थामा भेटिएको हो ।
यस्तै, उर्लाबारी–३ मंगलबारेस्थित सुनझोडा पुल छेउमा बिजुलीको पोलमा कालो पोकामा बम जस्तै देखीने शंकाष्पद बस्तु भेटिएको छ । डिस्पोज गर्ने तयारी भइरहेको छ । बम बिप्लव समूहले राखेको हुन सक्ने आशंका गरिएको छ । आज बिप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेकै बेला राजमार्गलाई लक्षित गरी राखिएको अवस्थामा बम भेटिएको हो ।