
काठमाडौं, ११ चैत– सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ यात्रा आज शुरु हुँदै छ । चैत्र शुक्ल अष्टमीका दिन यो रथ यात्रा हुने गर्दछ ।
आजैका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई असनसम्म, दोस्रो दिन असनबाट कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ । चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मत्स्येन्द्रबहालसम्म यात्रा चलाइन्छ ।
मत्स्येन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।
आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मत्स्येन्द्रनाथको रथयात्रा पनि आजै शुरु हुने समितिका अध्यक्ष गौतमले बताए ।