३० जेठ २०८३, शनिबार

पाकिस्तानको परेडमा पहिलोपल्ट भारत सहभागी

पाकिस्तानको परेडमा पहिलोपल्ट भारत सहभागी

पाकिस्तानले हरेक वर्ष २३ मार्चलाई आफ्नो राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ । 

सन् १९४० को यस दिन मुस्लिम लिग पाटीैले लाहोरमा एक प्रस्ताव पास गरेको थियो जसमा भारतसँग अलग भएर देश बनाउने कुरा थियो जसपछि पाकिस्तान नाम दिइएको थियो । 

पाकिस्तानी पत्रिका एक्सप्रेसका अनुसार ७८ औं राष्ट्रिय दिवसका अवसरमा आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै पाकिस्तानका राष्ट्रिपति ममनून हुसेनले भारतको नाम नलिइकन छिमेकी मुलुको गैरजिम्मेवारी रवैयाका कारण पूरै क्षेत्रको शान्ति दाउमा परेको बताए । 

राष्ट्रिय दिवस नजिँकिदै जाँदा पाकिस्तानी नेताहरुले भारत विरुद्धको अभिव्यक्तिहरु दिइरहेका थिए । तर पाकिस्तानी सेनाले आफ्नो राष्ट्रिय दिवसको अवसरमा दुई देशबीचको सम्बन्ध सुधारका लागि अनोैठो कदम चालेको छ । 
पाकिस्तानी सेनाको परेडमा भारतीय उच्च आयोगका अधिकारीका अलावा राजनीतिज्ञलाई पनि बोलाएको छ । 

पाकिस्तानी पत्रिकाका अनुसार पाकिस्तानी सेना प्रमुख जनरल कमर वाजेद बाजवाको निजी इच्छामा भारतीयलाई पाकिस्तानको राष्ट्रियता दिवसमा बोलाइएको हो । पत्रिकाका अनुसार दुई देशको इतिहासमा पहिलो पटक यस्तो हुँदै छ । यस कदम चाल्दै पाकिस्ताने आफू क्षेत्रीय शान्तीको पक्षमा रहेको सन्देश दिन चाहेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्