×

NMB BANK
NIC ASIA

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन हुन्छ : मन्त्री अधिकारी

चैत ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

चैत ११, काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गराउने घोषणा गरेका छन्  ।

Sagarmatha Cement
Muktinath Bank

रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर संचालन अवधि थपिने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“सिङ्गल रनवे भए पनि २४ घण्टा संचालन गर्न सकिन्छ । संसारमा प्रयोग भएका सबैखाले प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ । विगतमा समय थप्न सकिदैन भन्नेहरुले पनि अहिल तीन घण्टा थप्न सकिन्छ भनिसके । प्रयास गरियो भने २४ घण्टा पनि सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन हुन्छ । भारतको बम्बइमा एउटा रनवे भएको विमानस्थल २४ घण्टा चल्छ भने यहाँ किन चल्दैन ?” अधिकारीले भने । 


Advertisment
Nabil box
Kumari

साक्षात्कारमा मन्त्री अधिकारीले संचालन अवधि बढाएपछि अहिले भइरहेको एयर ट्राफिकको समस्या कम हुने दाबी गरे । 

Vianet communication
Laxmi Bank

विमानस्थल संचालन अवधि बढेसँगै सहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनको भनाई छ । 

“काठमाण्डौलाई पनि १८ घण्टा जागा बनाउँछु । भविष्यमा २४ सै घण्टा काठमाण्डौ खुला हुन्छ ।” उनले भने ।

नेपालको अवाई यातायात व्यवस्थित बनाउनका लागि भइरहेका प्रयासबारे जानकारी दिदै मन्त्री अधिकारीले गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल सन् २०१९ भित्रमा संचालनमा ल्याउने बताए । विमानस्थल  निर्माणसँग सम्बन्धित सबै पक्षसँग सहमति भइसकेको जानकारी दिदै मन्त्री अधिकारीले द्रुत गतिमा काम सुरु भइसकेकाले सन् २०१९ भित्र संचालनमा आउने उनले बताए । 

पत्रकारहरुको अगाडि अधिकारीले भने, “रेकर्ड गरेर राख्नुस्, सन् २०१९ भित्र गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा आउँछ । त्यसपछि एयर ट्राफिक कन्ट्रोल हुन्छ । पर्यटक आगमन बढ्छ ।”

आन्तरिक उडान व्यवस्थित गर्नका लागि पोखरा, भैरहवा, नेपालगंज जस्ता ठाउँबाट आन्तरिक विमानस्थल सचालन गर्ने योजना आफूसँग रहेको उनलेबताए । 
हवाई दुर्घटना बढेकोबारे पत्रकारको प्रश्नको जवाफ दिदै मन्त्री अधिकारीले दुर्घटनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने बताए । त्यसका साथै दुर्घटनाबारे छुट्टै अध्ययन गरेर कमी कमजोरी हटाइने उनको भनाई छ । 

“आधुनिक प्रविधिको प्रयोग गरेर विमानस्थल सुरक्षित बनाउँछौँ । अहिले सि टु क्याटागोरीमा रहेछ । अब सि थ्री क्याटागोरीमा पुग्ने गरी काम गर्छौँ ।” अधिकारीले भने ।

पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलको स्तरउन्नति आवश्यक रहेको औँल्याउँदै उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले २५ प्रतिशतको कूल ग्रार्हस्थ उत्पादनमा सहयोग पुर्याउन सक्ने गरी काम गर्ने बताए । 

सन् २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिने उनले बताए । “अध्ययन र तथ्याङ्कलाई आधार मानेर भनेको हुँ । कम्तिमा पनि २० लाख पर्यटक आउँछन् ।”उनले भने । 

पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदाको पुनः निर्माणलाई पनि आफूले प्राथमिकतामा राखेको उनले बताए । एक वर्षभित्रमा ९० प्रतिशत सम्पदा पुनः निर्माण सक्ने दाबी उनले गरे । 

मन्त्री अधिकारीले राष्ट्रिय संग्रहालय छाउनी र नारायणहिटी दरबार सग्रहालयलाई पनि व्यवस्थित गरिने बताएका छन् । 

नेपाल वायु सेवा निगमलाई पनि व्यवस्थित बनाउनका लागि अध्ययन भइरहेको उनले बताएका छन् । निगममा आवश्यकताभन्दा धेरै कर्मचारी रहेको पाइएको भन्दै उनले भएका कर्मचारीको व्यवस्थापनका लागि सेवा व्यवस्थित बनाउने बताए । 

“निगममा १८ सय कर्मचारीले ३ जहाज चलाएर बसेका छन् । कतिपय देशमा १८ सय कर्मचारीले १८ वटा ठूला जहाज चलाएका छन् । हामी पनि त्यस्तै सुधार गर्छौँ ।” अधिकारीले भने । 

अध्यागमन विभागमा हुने भ्रष्टाचार र सेटिङका बारेमा आफू जानकार रहेको भन्दै उनले त्यस्ता विकृतिको अन्त्य छिटै गर्ने दाबी गरे । 

अहिले आफू कार्ययोजना बनाउनमा व्यस्त रहेको जानकारी दिदै अधिकारीले केही दिनभित्रमा नै आफूले गर्ने कामको क्यालेण्डर सार्वजनिक गर्ने बताए । 

“सय दिन, ६ महिना, एक वर्ष, दुई वर्ष, पाँच वर्षमा गर्न सकिने कामको सूचि तयार पारेर सार्वजनिक गर्छु । त्यसपछि मलाई हरेक महिना के कति काम भयो सोध्नुहोला । ऋषि धमलाले प्रत्येक महिना मलाई बोलाउनुस्, मैले गरेका हरेक कामको जानकारी गराउँछु ।” अधिकारीले भने । 


उनले संस्कृति, पर्यटन र हवाईसम्बन्धी तीनवटा छुट्टाछुट्टै विज्ञ समुह बनाउने तयारी भइरहेको बताए । तर स्वयम्सेवाको भावनाले काम गर्न चाहनेलाई मात्र समुहमा राख्न सकिने उनको भनाई छ । 

एमालेका नेतासमेत रहेका अधिकारीले जनताले अब छिटै सुखद समाचार सुन्न पाउने बताउँदै पार्टी एकता हुने निश्चित भएसकेको दाबी गरे । 

“कम्युनिष्ट पार्टी स्थापना दिवस अप्रिल २२ तारिखमा एमाले र माओवादीबिच एकता घोषणा हुन्छ । सबै तयारी पूरा भएको छ ।”
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x