३१ जेठ २०८३, आइतबार

नेपाल–भारत सम्बन्ध मजबुत हुँदै छ : रणजित राय

चैत १२, २०७४
नेपाल–भारत सम्बन्ध मजबुत हुँदै छ : रणजित राय

दिल्ली, १२ चैत– अहिले नेपाल–भारत सम्बन्ध राम्रो छ । हालसालै वाणिज्यमन्त्री मात्रिका यादव र अर्थमन्त्री युवराज खतिवडा दिल्ली आएर जानुभएको छ । कांग्रेस र एमालेका दुईवटा प्रतिनिधिमण्डल आएर फर्किएका छन् ।

यो दुई देशको सम्बन्ध मजबुत हुँदै गएको सन्देश हो । नेपालसँग भूराजनीति इस्यु छैन । वामपन्थी सरकार आएको छ ।, तर यसले आर्थिक साझेदारीमा केही फरक पर्दैन । 

चीनमा पनि वामपन्थी सरकार छ, त्यसले के फरक परेको छ ? भारत छिमेकीका कुनै पनि सरकारसँग डिल गर्न तयार छ । यो अबको इस्यु नै होइन । 

नेपालले संसारसँग पहुँच बनाउने कुरामा केही समस्या छैन । चीनको नेपालमा व्यापार कलकत्ता हुँदै भएको यथार्थलाई बिर्सन मिल्दैन । यो यथार्थ छँदै छ, भौगोलिक रूपमा नेपाल–भारत सम्बन्धको यथार्थलाई कसैले नकार्न सक्दैन । नेपालले दुई छिमेकीबाट फाइदा कसरी लिने, उसले सोच्नुपर्छ ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्