२२ जेठ २०८३, शुक्रबार

व्यापारीसँग गृहमन्त्रीले भने, ‘कस-कसले चन्दा माग्छन् मलाई सूचना दिनुहोस्'

चैत १२, २०७४
व्यापारीसँग गृहमन्त्रीले भने,  ‘कस-कसले चन्दा माग्छन् मलाई सूचना दिनुहोस्'


काठमाडौं, १२ चैत-  गृहमन्त्री रामबहादुर थापाले निर्धक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आइतबार भएको छलफलमा गृहमन्त्री थापाले सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफू तयार रहेको भन्दै बिनासंकोच लगानी गर्न व्यवसायीलाई आग्रह गरेका हुन् । गृहमन्त्री थापाले कुनै व्यक्ति वा समूहले जबर्जस्ती चन्दा मागे त्यसको तत्काल सूचना दिन पनि व्यवसायीलाई भनेका छन् ।

छलफलमा गृहमन्त्री थापाले भने, ‘कस-कसले चन्दा माग्छन् मलाई सूचना दिनुहोस् । गृह मन्त्रालयले त्यस्ता व्यक्तिमाथि तत्काल कारबाही गर्छ ।’ उनले अहिले लोडसेडिङ पनि नभएको र सुरक्षाको प्रत्याभूतिसमेत भएको हुँदा लगानीको पूर्ण वातावरण भएको बताए । गृहमन्त्री थापाले कामको सिलसिलामा घुस माग्ने कर्मचारी र दुःख दिने सुरक्षाकर्मीमाथि आफूले कडा कारबाही गर्ने बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्