२० असार २०८३, शनिबार

‘प्रधानमन्त्रीको कूटनीतिक भेटघाटलाई व्यवस्थित गर्न जरुरी’

चैत १२, २०७४
‘प्रधानमन्त्रीको कूटनीतिक भेटघाटलाई व्यवस्थित गर्न जरुरी’

काठमाडौँ, १२ चैत— परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको कूटनीतिक भेटघाट र छलफललाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो युनिट राख्न सुझाव दिएको छ ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यालयलाई प्रभावकारी बनाउन गर्न लागेको परिवर्तनअन्तर्गत नै परराष्ट्रको युनिट राख्न सुझाव दिइएको परराष्ट्र अधिकारीले जनाएका छन् । प्रधानमन्त्री कार्यालयमा हुने भेटघाटको उपयुक्त तरिकाले ‘डकुमेन्टेसन’ हुन नसकेको भन्दै आफूले दिएका सुझाव परराष्ट्रले कार्यावन्यनमा ल्याउन लागेको हो ।

राजदूतहरूले जथाभावी रूपमा भेट्ने मात्र होइन, अन्तर्राष्ट्रिय गतिविधि पनि बढेकाले घटनाक्रमहरूबारे प्रधानमन्त्री अद्यावधिक हुन छुट्टै विज्ञ समूह राख्ने प्रक्रिया अघि बढेको एक अधिकारीले बताए । राष्ट्रपति कार्यालयमा परराष्ट्रका एक उपसचिव रहने गरेका भए पनि प्रधानमन्त्री कार्यालयमा कूटनीतिक उपस्थिति छैन । 

आवश्यक पर्दा प्रधानमन्त्री कार्यालयका सचिवले परराष्ट्र प्रतिनिधिलाई बोलाउने प्रचालन छ । त्यस्तो कूटनीतिक भेटघाटको अत्यावश्यक फाइलिङ नहुने दाबी पररराष्ट्रको छ । त्यही कारण प्रधानमन्त्रीको कूटनीतिक भेटघाटलाई व्यवस्थित गर्न परराष्ट्रको युनिट राख्नुपर्ने धारणा मन्त्रालयको छ ।, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्