२३ जेठ २०८३, शनिबार

सेयर बजारमा लहडी लगानीकर्ताले समस्या

चैत १२, २०७४
सेयर बजारमा लहडी लगानीकर्ताले समस्या

काठमाडौँ, १२ चैत- अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लहडबाजीमा लगानी गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै यस्ता लगानीकर्ताकै कारण बजारमा समस्या आइरहेको जिकिर गरेका छन् । सेयर बजारसम्बन्धी अनुदार अभिव्यक्तिका कारण बारम्बार चर्चामा रहेका अर्थमन्त्री खतिवडाले आइतबार विराटनगरमा भने– ‘ब्यालेन्स सिट’समेत नहेरी लगानी गर्दा समस्या आउँछ नै, यसलाई अस्वभाविक भन्न मिल्दैन । 
खतिवडाले बजारमा अहिले बजारमा देखिएको गिरावटलाई पनि ‘स्वभाविक’ रहेको संकेत गरे । “आजको भोलि प्रतिफल प्राप्त हुँदैन, लगानी गर्नुभन्दा अगाडि ब्यालेन्स सिट हेर्नुपर्छ,” उनले भने, “ठूला जलविद्युत् आयोजना आउने क्रममा छन् । यससँगै सेयरको आपूर्ति पनि अत्यधिक छ । त्यसो भएकाले माग नबढेसम्म सेयरमूल्य बढ्दैन ।” 
अर्थमन्त्री खतिवडाले दोहोरो कर लागू नहुने भन्दै व्यवसायीलाई आश्वस्त बनाउने प्रयास गरेका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा गरेको छलफलमा अर्थमन्त्री खतिवडाले कुनै पनि हालतमा दोहोरो कर लागू नहुने प्रस्ट्याए, कारोबार दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्