
काठमाडौं, १२ चैत– बलिउड महानायक अमिताभ बच्चनको निलो हात्ती बिक्री भएको छ । १६ लाख रुपैयाँमा बिक्री भएको हो ।
मुम्बईमा एक महिनासम्म चलेको हात्ती मुर्ति परेडको लिलामीमा विभिन्न किसिमका हात्तीका मुर्ति राखिएका थिए । शनिबार राति बोलकबोलमा उक्त हात्ती १६ लाख रुपैयाँमा बिक्री भएको हो ।
विलुप्त हुँदै गएका हात्तीको सरंक्षणका लागि गठित एलिफेन्ट फेमिलीले १०१ हात्ती राखेर त्यसमा एउटा अमिताभ बच्चनको पनि राख्ने निर्णय गरेको थियो ।
हात्ती जसको उसले आफ्नो रंग चुन्न पाइने थियो । अमिताभले निलो चुने । यो हात्तीलाई त्यसपछि विशेष रुपले सजाइएको थियो ।