२५ जेठ २०८३, सोमबार

राष्ट्रपतिले बिहीवार संसद्का दुबै सदनलाई सम्बोधन गर्ने, प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा अर्याल नियुक्त

राष्ट्रपतिले बिहीवार संसद्का दुबै सदनलाई सम्बोधन गर्ने, प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौं, १२ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा कुन्दल अर्याल नियुक्त भएका छन् । 

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । 

त्यस्तै जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई   राज्यमन्त्री सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्त गरिएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल प्रसाद बासकोटाले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले चैत्र १५ गते संघीय सांसदका दुबै सांसद लाई रास्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने निर्णय गरेको छ । 

बैठकले निर्वाचनको बेलामा बम बिस्फोटमा परि घाइते भएकहरुको सम्पुर्ण उपचार खर्च सरकारले गर्ने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्