२२ जेठ २०८३, शुक्रबार

प्रदेश १ का प्रमुख न्यायाधिवक्ता आचार्यले लिए सपथ

प्रदेश १ का प्रमुख न्यायाधिवक्ता आचार्यले लिए सपथ

विराटनगर, १२ चैत -एक नम्बर प्रदेश सरकारको प्रमुख न्यायधिवक्ता नियुक्त भएका  चूडामणि आचार्यले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्  ।

 एक नम्बर प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको एक समारोहका बीच  उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश कुलरत्न भुर्तेलले न्यायधिवक्ता आचार्यलाई पद तथा गोपनियताको सपथ दिलाए  । 

आचार्यले नेपाली जनताको नाममा सपथ लिएका छन्  । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले संविधानको धारा १६० को उपधारा २ बमोजिम फागुन २४ गते आचार्यलाई प्रमुख न्यायधिवक्ता चयन गर्न प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेअनुसार  प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले  नियुक्ति गरेका थिए  ।
 प्रमुख न्यायधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हो ।  २०४६ सालबाट वकालत सुरु  आचार्य नेपाल बार एशोसिएन मोरङका अध्यक्ष र केन्द्रीय उपाध्यक्षसमेत भैसकेका छन्  ।

salt training

कमेन्ट गर्नुहोस्