२२ जेठ २०८३, शुक्रबार

सेयर  लगानीकर्ताद्वारा आन्दोलनको चेतावनी

चैत १३, २०७४
सेयर  लगानीकर्ताद्वारा आन्दोलनको चेतावनी


काठमाडौँ, १३ चैत- लामो समयदेखि निरन्तर घट्दै आएको सेयर बजार परिसूचक नेप्से सोमबार ५१ अंकले घटेको छ । सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा नै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अधिकतम ५६ अंकले घटेको थियो । तर, अन्त्यमा झिनो अंकले सुधारिएपछि ५१ दशमलव ८९ अंकले घटेर १ हजार १ सय ६८ बिन्दुमा बजार बन्द भएको छ । यो २०७२ पुस २७ गतेयताकै न्यून बिन्दु हो ।

यता सोमबार इन्भेष्टर्स फोरमले पत्रकार सम्मेलन गरी आन्दोलनमा जाने बताएका छन् । बजारको दर्दनाक अवस्थामा पनि सरकार मौन रहनु र सम्बन्धित व्यक्तिले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति फोरमले आपत्ति जनाएको छ । सरकारले जतिसक्दो छिटो सम्झौता गरिएको अवधिभित्रै पूर्ण अनलाइन कारोबार प्रणाली लागू गर्न, ब्रोकरको संख्या तथा क्षेत्राधिकार विस्तार गरी वाणिज्य बैंकहरूलाई समेत ब्रोकर लाइसेन्स दिनुपर्ने, गैरआवासीय नेपालीलाई पुँजी बजारमा प्रवेश गराउन आवश्यक कानुन निर्माण गर्न, धितोपत्र बोर्ड, नेप्से, सिडिएससीलगायतका निकायको क्षमता अभिवृद्धि गर्नुपर्नेलगायतका माग फोरमले राखेको छ । त्यस्तै, सेयर लगानीकर्ता संघले पनि प्रेस विज्ञप्ति जारी गर्दै परिसूचकले नकरात्मक प्रवृत्ति देखाइरहँदा पनि सरकारमा रहेका पुँजी बजारसँग सम्बन्धित निकायहरू मूकदर्शक बनेको आरोप लगाएको छ, नयाँ पत्रिकामा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्