१५ असार २०८३, सोमबार

‘१७ सय वडामा स्वास्थ्य संस्था छैनन्’

चैत १३, २०७४
‘१७ सय वडामा स्वास्थ्य संस्था छैनन्’
सन्दर्भ तस्वीर

काठमाडौँ, १३ चैत— स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले मुलुकका एक हजार सात सय वडामा स्वास्थ्य संस्थाको उपस्थिति नरहेको बताएकी छन् । मुलुकमा ६ हजार ७ सय ४३ वडाहरू छन् । 

एउटा नगरपालिका÷गाउँपालिकामा २–३ वटासम्म स्वास्थ्य निकाय, अस्पताल पर्ने देखिएकै समय एक हजार सात सय वडा भने स्वास्थ्य संरचना शून्य रहेको उनले पत्रकारहरूसँगको अन्तक्र्रियामा बताएकी हुन् । स्वास्थ्य मन्त्रालयको पुनःसंरचनाबारे छलफलसमेत जारी रहेको अर्यालले उल्लेख गरिन् । 

स्वास्थ्य क्षेत्रमा देखिएका यस्ता असमानता हटाउन मन्त्रालयले पहल थालेको उल्लेख गर्दै उनले छिट्टै प्रदेशका स्वास्थ्य मन्त्रीहरूको बैठकसमेत बस्ने बताइन् ।, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्