१७ असार २०८३, बुधबार

कृषि बिमा व्यवसाय बढ्दै, सात महिनामा सवा ५ अर्बको बिमा

चैत १३, २०७४
कृषि बिमा व्यवसाय बढ्दै, सात महिनामा सवा ५ अर्बको बिमा

काठमाडौं, १३ चैत– नीर्जिवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०७४÷७५ को माघसम्ममा ५ अर्ब ११ करोड रुपैयाँबराबरको कृषि बिमा व्यवसाय गरेका छन् । यो अवधिमा कम्पनीहरूले २२ करोड ३४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेर १ करोड ६९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । 

त्यस्तै कम्पनीहरूले पाउनुपर्ने अनुदान रकम २० करोडभन्दा बढी भएको छ । नेपालमा कृषि बिमासम्बन्धी प्रचार व्यापक नभए पनि हरेक वर्ष कृषि बिमा व्यवसाय बढ्दै गएको देखिन्छ । जानकारीको अभावमा वास्तविक कृषकले कृषि बिमाको सुविधा पाउन नसकेको सरोकारवाहरू स्वयं स्वीकार गर्छन् । 

नेपालको कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न कृषि विकास मन्त्रालयले २०६९ माघ १ गतेदेखि कृषि बिमा कार्यक्रमको सुरुवात गरेको हो । मन्त्रालयले सुरुवात गरेको कार्यक्रमलाई अगाडि बढाउँदै बिमा समितिले आव २०७०÷७१ देखि कृषि तथा पशु बिमालाई अनिवार्य गरेको हो । 

यद्यपि बिमकहरू कृषि बिमाप्रति उदासीन देखिएपछि समितिले २०७१ फागुनमा कम्पनीहरूलाई जिल्ला नै तोकेर कृषि बिमा गर्न निर्देशन दिएको थियो । त्यस्तै, कृषि बिमाप्रति कृषकहरूलाई प्रेरित गर्न सरकारले अनुदान रकमको समेत व्यवस्था गरेको छ । सुरुवातमा ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले २०७१÷७२ देखि भने ७५ प्रतिशत अनुदान वितरण गरेको छ ।, नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्