१९ असार २०८३, शुक्रबार

वडा सदस्यको घरमा अागलागी : १५ लाखको क्षति

वडा सदस्यको घरमा अागलागी : १५ लाखको क्षति

पर्वत, १३ चैत- पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ । 

भुकताङ्लेको मोहोरियामा रहेको उहाँको दुईतले घरमा साँझ ७ः३० बजे आगो लागेको हो । आगालागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ । एक्कासि आगो सल्किएपछि कुनै पनि सामान निकाल्न नपाएको वडाध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिनुभयो । 

पौडेलको घरमा उहाँकी आमा विष्णुमती पौडेलले किराना पसलसमेत चलाउँदै आउनुभएको थियो । आगलागीमा परी उक्त पसलका सबै सामग्री नष्ट भएका छन् । आगलागीमा रु १५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । 

उक्त आगो राति अबेर प्रहरी चौकी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भने हुन पाएन । आगालागीको कारण भने खुल्न सकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्