२१ जेठ २०८३, बिहीबार

दुई सैनिक मृत फेला, शवकाे पहिचान र अनुसन्धान हुँदै

दुई सैनिक मृत फेला, शवकाे पहिचान र अनुसन्धान हुँदै

इटहरी, १३ चैत- नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत रहेका दुई नेपाली सैनिकको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । 

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति डुबेर मृत अवस्थामा देखिएपछि स्थानीयवासीले हल्ला गरेपछि ती दुवै डुबेका व्यक्तिको शव पोखरीबाट निकालेर बिपी प्रतिष्ठान पु¥याइएको बताइएको छ । 

मुत्यु हुनेमा अन्दाजी ३० वर्षका दोलखबहादुर चन्द र अर्का सोही उमेरका भरत विक रहेको खुले पनि आधिकारिक रुपमा पृतना मुख्यालयले भने यसको जानकारी दिएको छैन । मृतक दुवैको शव सोमबार राति नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको भने प्रतिष्ठानले खुलासा गरेको छ । 

नेपाली सेनामा कार्यरत ती दुवै व्यक्तिको के कस्तो कारणले ज्यान गएको हो भन्ने विषयमा आधिकारिक रुपमा जवाफ प्राप्त हुन सकेको छैन । साथै ती दुवै मृतक कहाँका हुन् भन्ने कुरा पनि बाहिर आउन सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्