१९ असार २०८३, शुक्रबार

एसइई परीक्षा दिइरहेकी गौरीकला मृत फेला

एसइई परीक्षा दिइरहेकी गौरीकला मृत फेला

सुर्खेत, १३ चैत– सुर्खेतमा एसइई परीक्षा दिइरहेकी एक छात्रा मृत फेला परेकी छन् । पञ्चपुरी नगरपालिका– ३ की गौरीकला रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । 

उनी पञ्चपुरी नगरपालिका ५ कै बावियाचौर डेरा लिएर बसेकी थिइन् । बिहान परीक्षा दिन जाने क्रममा अबेरसम्म कोठाको ढोका नखुलेपछि स्थानीयले कोठामा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

उनको शरिरमा घाउचोट पनि देखिएको छ । प्रहरीले उनको हत्या भएको आशंका गरेको छ । इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख शुसोभन श्रेष्ठले घटना शंकास्पद रहेको र अनुसन्धान गरिरहेको जानकारी दिए । 

रोकाय सुर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययरत थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्