
काठमाडौं, १३ चैत– चीनको राजधानी पुगेको उत्तर कोरियाली रेलबाट किम जोङ उन उत्रिएको समाचारहरु सार्वजनिक भएका छन् ।
उत्तर कोरियाली कूटनीतिक रेलबाट एक उच्च अधिकारी बेइजिङ पुगेको जापानी सञ्चारमाध्यमले जनाएका थिए ।
दक्षिण कोरियाली सरकारी अधिकारीहरुले ती अधिकारीको हुन् भन्ने थाहा नभएको भन्दै सावधानीपूर्वक अवस्थाको अध्ययन गरिरहेको बताएको छ ।
ती अधिकारीलाई कडा सूरक्षा दिइएको छ ।
ती अधिकारी किम जोन हुनसक्ने समाचारहरु सार्वजनिक भएका छन् । यदी त्यसो हो भने सन् २०११ मा सत्ता सम्हालेयता किमको पहिलो विदेश भ्रमण हुनेछ।
चीन अथवा उत्तर कोरियाले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर किमको भ्रमणलाई महत्त्वपूर्ण विकासक्रमको रूपमा हेरिन सक्छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना भेटवार्ताका लागि किमले अनपेक्षित रूपमा पठाएको निमन्त्रणा स्वीकार गरेका थिए।
र, जटिल कूटनीतिक आवश्यकताहरू पूर्तिका लागि अधिकारीहरूले पर्दा पछाडि काम गरिरहेको विश्वास गरिएको छ।
त्यसअघि उत्तर कोरियाली र चिनियाँ नेताहरूबीच भेटवार्ता हुन सक्ने विश्लेषकहरूले बताएका छन्।
चीन उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार हो।
टोकियोस्थित निप्पोन न्यूज नेटवर्कको भिडिओ फूटेजमा पहेँलो रेखा कोरिएको हरियो रङ्गको रेलको डब्बा देखिन्छन्।
सन् २०११ मा बेइजिङ भ्रमणका क्रममा किमका पिता एवं पूर्वशासक किम जङ(इलले प्रयोग गरेको रेल जस्तै देखिएको उक्त च्यानलले जनाएको छ ।