1 shares
जनक कार्की
किनारमा एउटा रुख,जलि रहेछ
चुपचाप छेउमै नदि,चलि रहेछ।।
अक्षताको टिका छ निधारैभरी
कर्णाली भुकमरीले गलि रहेछ
बर्षात हुन्छ दुधधारा शिव लिङ्गमा
मन्दिर छेउ अनाथ प्यासले ढलि रहेछ
इमान्दार सबै भन्दा दुखी छन यहाँ
समय कस्तो सायद यहि कलि रहेछ
तानसेन पाल्पा
हाल यु.ए.ई