३० जेठ २०८३, शनिबार

संसदमा उठ्यो शेयर बजार घटेको कुरा, अर्थमन्त्रीको जवाफ माग

संसदमा उठ्यो शेयर बजार घटेको कुरा, अर्थमन्त्रीको जवाफ माग

काठमाडौं, १३ चैत- शेयर बजारमा निरन्तर आइरहेको गिरावटका विषयमा संसदमा कुरा उठेको छ ।

राष्ट्रिय सभाको मंगलवार बसेको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शेयर बजारमा भइरहेको गिरावटबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘शेयर बजारमा धनीहरूले मात्र होइन, साना लगानीकर्ताले पनि किन्छन्, अर्थमन्त्रीका भाषणले भइरहेको भन्ने कुरा आएको छ,’ अधिकारीले संसदमा भने, ‘शेयरको लगानी अनुत्पादक मानिने हो भने शेयर बजार नचाहिने हो भने सरकारले भनोस् ।’

अर्थमन्त्रीको अभिव्यक्तिका कारण शेयर लगानीकर्ताको विजोक भइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । अर्थमन्त्री खतिवडा राष्ट्रिय सभाका सदस्य हुन् ।

सांसद अधिकारीले उखु किसानले ९ अर्ब रुपैयाँको भुक्तानी चिनी मिलबाट नपाएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।

‘किसानहरूले आफूले लगाएको बालीको मोल प्राप्त गर्न सक्दैनन् भने किसानहरूलाई कृषिमा कसरी आकर्षण गर्न सकिन्छ ?’ उनले प्रश्न गरे ।

राष्ट्रियसभा बैठकमा एमालेका शेरबहादुर कुवँर, माओवादीका रामनारायण बिडारी लगायतले युरोपेली युनियन ईयूले निर्वाचन पर्यवेक्षणका नाममा दिएको निर्देशनप्रति आपत्ति जनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्