२२ असार २०८३, सोमबार

प्रि-बुकिङ गरेका ग्रहकले काठमाडौंमै पाउन थाले सामसुङ ग्यालेक्सी S9 र S9+ स्मार्टफोन

प्रि-बुकिङ गरेका ग्रहकले काठमाडौंमै पाउन थाले सामसुङ ग्यालेक्सी S9 र S9+ स्मार्टफोन

काठमाडौं, १३ चैत- प्रि-बुकिङ गरेका ग्राहकहरूलाई सामसुङले ग्यालेक्सी S9 र S9‌+ मोबाइल वितरण शुरु गरेको छ । सामसुङका नेपालस्थित मोबाइल शाखा प्रमुख प्रणयरत्न स्थापितको उपस्थितिमा ज्योत्सना योगीद्वारा मोबाइल वितरण गरिएको हो ।

'मैले पछिल्ला केही दिनदेखि ग्यालेक्सी  S9+ को प्रयोग गरिरहेकी छुऽ असाध्यै खुसी छु,  ग्यालेक्सी  S9 र S9‌+ सुन्दर स्मार्टफोन हो, जुन मेरो व्यक्तित्वसँग मेल खान्छ र मलाई एक फरक पहिचान दिएको छ । मलाई यसको क्यामेरा, एआर ईमोजी र सुपर स्लो–मो फिचर निकै मन परेको छ,' ज्योत्सनाले भनिन् ।

ग्यालेक्सी S9 र S9‌+ संसारको सर्वाेत्कृष्ट क्यामेरा डूवल एपरचर लेन्सको विशेषतासहित निर्माण गरिएको हो ।

'ग्यालेक्सी S9 र S9‌+ छुट्टै श्रेणीका स्मार्टफोन हुन् । पुनः परिमार्जित गरिएको क्यामेरासँग अब ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू कुनै स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउनुहुनेछ । सुपर स्लो–मो र एआर ईमोजीजस्ता विशेषताहरूसँग उपभोक्ताले आफूलाई एक नौलो एवं व्यक्तिगत ढंगले प्रस्तुत गर्न सक्नेछन्,' सामसुङ नेपालका मोबाइल शाखा प्रमुख स्थापितले भने ।

ग्यालक्सी S9 र S9‌+ क्रमश: रु. ९२,९०० र रु. १,०४,९०० मा उपलब्ध छन् । प्रयोगकर्ताले ५००० को क्यासब्याक प्राप्त गरी उक्त फोन प्रभावकारी मूल्य रु. ९९,९०० र रु ८७,९०० मा खरिद गर्न सक्नेछन् ।

यो स्मार्टफोन लाइल्याक पर्पल, कोरल ब्लू र मिड्नाइट ब्ल्याक गरी तीन रङमा उपलब्ध छ ।

सामसुङले १२ हप्ताका लागि १२००० जीबी डाटा निःशुल्क प्रदान गर्न एनसेलसंग साझेदारी गरेको छ । शिखर बिमाको सहयोगमा सामसुङले आफ्ना ग्राहकहरूलाई एकवर्षे बिमा पनि प्रदान गर्दछ ।

साथै S9 र S9‌+सजिलो ईएमआईमा उपलब्ध गराउन सामसुङले ग्लोबल आई.एम.ई, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक, मेगा बैंक र कुमारी बैंकजस्ता विभिन्न बैंकहरूसँग साझेदारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्