
काठमाडौं, १३ चैत– राष्ट्रिय फोटो पत्रकारिताको दिसवको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह (एनएफ पीजे क्लब)ले “राष्ट्रिय फोटो पत्रकारिता अर्वाड २०७५”वितरण गर्ने भएको छ । आज पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका संयोजक प्रदिपराज वन्तले जानकारी दिए ।
नेपालमा फोटो पत्रकारिता गर्दै आएका फोटो पत्रकारलाई प्रोत्साहन र नयाँलाई हौसला प्रदान गर्न उक्त अर्वाडको शुरुवात गरिएको वन्तले बताए ।
लाइफटाइम एचिभमेन्ट, वर्ष उत्कृष्ट फोटो पत्रकारिता, खेलकुद फोटो पत्रकारिता, पर्यटन तथा संकृति, राजनैतिक फोटो पत्रकारिता, दैनिक जीवन फोटो पत्रकारिता, मनोरन्जन फोटो पत्रकारिता, आर्थिक फोटो पत्रकारिता, महिला फोटो पत्रकारिता, उपत्यका बाहिर फोटो पत्रकारिता, अनलाईन फोटो पत्रकारिता, स्वतन्त्रता फोटो पत्रकारिता र एनएफपीजे सक्रिय सदस्य फोटोपत्रकारिता गरि १३ विदामा प्रदान गरिने अर्वाडमा नगद, ट्रफी र सम्मान पत्र हुने छ ।
लाइफटाइम एचिफभेन्ट अवार्ड प्राप्त गर्नेले रु ५० हजार नगद, ट्रफी र सम्मान पत्र प्राप्त गर्ने छ भने भने अरु सवै बिधालाई रु २५ हजार नगद, ट्रफी र सम्मान पत्र प्रदान गरिनेछ ।
फोटो अवार्ड २०७५ बैशाख १३ गते विशेष समारोह आयोजना गरि प्रदान गर्ने वन्तले बताए । उक्त कार्यक्रमा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् भने सन्चार मन्त्री लगाएत यस क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थित रहने कार्यक्रम संयोजन वन्तले बताए ।